Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा सार्वजनिक

Home

Blog Details

विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा सार्वजनिक

August 25, 2019

विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा सार्वजनिक चर्चित गायक विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा बोलको गीत सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुती रहेको गीतलाई एलपी जोशीले संकलन तथा परिमार्जन गर्नुभएको हो । पूर्वेली लोकलयमा आधारीत गीत पहिलो पटक एलपी जोशीले गाउनुभएको र सोही गीतको शब्द, सङ्गीत मन परेकाले आफुले रि रेकर्ड गराएको गायक विधान श्रेष्ठले बताउनुभयो । सुव्रत राज आचार्यले निर्देशन गर्नुभएको म्यूजिक भिडियोमा जिवन आचार्य र जिविका कार्कीले अभिनय गर्नुभएको छ । यसै साता सार्जजनिक गरिएको म्यूजिक भिडियो, म्यूजिक नेपालको युट्यूव च्यानलबाट हेर्नुका साथै म्यूजिक नेपालको गीत एप् र म्यूजिक नेपाल एप्बाट सुन्न सक्नुहुनेछ ।

Tags :

Share :