Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

फिल्म: म त तिम्रै हुँ

Home

Blog Details

फिल्म: म त तिम्रै हुँ

December 9, 2019

नेपाली कथानक चलचित्र म त तिम्रै हुँ युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले म त तिम्रै हुँ फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चर्चित नायक आकाश श्रेष्ठ ,ज्योत्सना योगीको मुख्य अभिनयलाई हेर्न सकिन्छ।साथै सुस्मीता केसीको पनि मुख्य अभिनय रहेको छ। यस फिल्मले कलेज पढ्ने युवाहरुको मित्रता , सम्बन्धका साथै पारिवारीक कथालाई समेटेको छ। आमा अनि छोराको प्रगाढ सम्बन्धलाई पर्दामा उतारेको फिल्मले दर्शकको मनलाई छोएको छ। म्यूजिक नेपालको युट्युव च्यानलमा अहिले सम्म झण्डै ४९ लाख दर्शकले हेरिसकेका छन्। चलचित्रका मेरो क्लास जव हुन्छ सुरु, जिन्दगी हो तिम्रै लागि हो ,उडुँ उडुँ लाग्छ जिन्दगीमा लगायतका गीतहरु चर्चित छन्। फिल्मलाई श्रीराम महतले निर्देशन गर्नुभएको हो।

Tags :

Share :