Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आलोक श्रीको समय एल्बम बजारमा आउँदै

Home

Blog Details

आलोक श्रीको समय एल्बम बजारमा आउँदै

October 20, 2019

चर्चित सङ्गीतकार आलोक श्रीको नयाँ एल्बम समय बजारमा आउँदैछ। म्यूजिक नेपालको प्रस्तुती रहेको यो एल्बममा १३ वटा गीतहरु छन्, जसमा एसपी कोइरालाको एकल शब्द रहेको छ। निक्कैनै चर्चित गायक गायिकाको स्वर रहेको एल्बममा एक बुँदा पानी, बैशालुब्यथा, मतिम्रोरोजाईको, भइगोमलाई , छिनकोभेट, अरुलेमेरो, घैयाधान, नाताकुनै, अन्तैहेरेजस्तो, जिन्दगीलाई, नेपाली भाई लगायतका गीतहरु समावेश छन्। एल्बममा रामकृष्ण ढकाल, प्रमोद खरेल, विवेक श्रेष्ठ, यम बराल, रुपक डोटेल, कृष्ण काफ्ले, नरहरि प्रेमी, सृजु अधिकारी लगायत लोकप्रिय गायक गायिकाको स्वरलाई सुन्न सकिन्छ। एल्बममा रहेको घैया धान बोलको गीतको म्यूजिक भिडियो भने म्यूजिक नेपालको युट्यूव च्यानल र नेपाल अन डिमाण्ड एप्मा सुन्न तथा हेर्न सकिन्छ।

Tags :

Share :