Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

ठेकी भित्र मदानी

Home

Blog Details

ठेकी भित्र मदानी

January 4, 2020

म्यूजिक नेपालले ठेकी भित्र मदानी बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएको छ। चर्चित गायिका अन्जु पन्त र गगन सरगमको स्वरमा रहेको ठेकी भित्र मदानी बोलको गीत यहि शुक्रबार देखि सार्वजनीक गरिएको हो । म्यूजिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र विजु पार्कीले अभिनय गर्नुभएको छ भने भिडियोको निर्देशन सुव्रतराज आचार्यले गर्नुभएको हो। कपिल कश्पालको शब्द रहेको यस गीतमा सङ्गीत भने निम सङ्गीतले दिनुभएको छ। गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गर्नु भएको छ। मत मर्छु क्यारे तिमी धेरै वर्ष बाँच प्रेमको भिखारीप्रेमको हत्यारा लगायत ३ सय ४५ भन्दा बढि गीतहरुमा सङ्गीत दिनु भएका सङ्गीतकार निम सङ्गीत यो गीतले धेरै दर्शक श्रोताको मन जित्नेमा आफु आशावादी रहेको बताउनु हुन्छ। गीतले गाउँ घरको परिवेश अनि भाकालाई नयाँ आयाम दिएको उहाँको भनाइ छ ।

Tags :

Share :