Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आज पृथ्वी जयन्ती

Home

Blog Details

आज पृथ्वी जयन्ती

January 10, 2020

आज पुस २७ राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ९८ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदै छ । गोर्खाली राजा नर भूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं.१७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो। भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान स्मरण गर्दै सिंहदरबार पश्चिम मूल द्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा पृथ्वी नारायण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गरिनेछ।

Tags :

Share :